ट्राफिक – मजदुर हातेमालो कार्यक्रम
काठमाडौं, १५ फागुन । महानगरीय प्रहरी ललितपुरले ‘सभ्य जीवनको लागि ट्राफिक नियम पालना गरौं’ भन्ने सन्देशसहित यातायात मजदुरसंग हातेमालो कार्यक्रम गरेको छ । ट्राफिक प्रहरी महाशाखाका प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक प्रकाश अर्यालले ट्राफिक प्रहरी र यातायात मजदुरबीचको सम्बन्ध थप प्रभावकारी बनाउने उद्धेश्यले कार्यक्रम आयोजना गरिएको बताए । उनले सवारी नियमलाई आदर र सम्मान गर्न सबै संग आग्रह गरे । उनले ट्राफिक प्रहरीको सेवा प्रभावकारी हुदै गएको भन्दै सवारी दुर्घटना न्यूनिकरण गर्नको लागि सक्षम रहेको बताए । अहिले दैनिक २ सयले ट्राफिक नियम उल्लंघन गर्ने गरेको र कारवाहीमा परेको बताए ।
स्वतन्त्र मजदुर युनियनका महासचिव भीमबहादुर राईले यातायात व्यवसायीहरु ट्राफिकसंग मिलेर काम गर्न तयार रहेको बताए । कार्यक्रममा उत्कृष्ट सवारीचालकलाई सम्मान गरीएको थियो ।