सेल्फीले ज्यान लियो

२०७२ फाल्गुन १७ गते, सोमबार

काठमाडौं, १७ फागुन । नवलपरासीको गैंडाकोटकी विस्मृती ज्ञवाली मोबाइलबाट फोटो खिच्ने क्रममा नारायणी नदीमा बेपत्ता भएकी छिन । ज्ञवालीको अवस्था अझै थाहा हुन सकेको छैन । उनको खोजी भैरहेको प्रहरीले जनाएको छ । सेल्फी खिच्ने क्रममा आइतबार दिउँसो ढुङगाबाट चिप्लिएर उनि नदीमा बेपत्ता भएकी हुन् । विस्मृतीसँगै नदीमा खसेकी गैंडाकोटकी नम्रता सापकोटालाई भने प्रहरीले उद्दार गरेको थियो । चितवन भरतपुरमा पढ्ने उनीहरु आइतबार कलेज छुटेपछि नारायणी नदीमा घुम्न गएका थिए ।
नदी किनार नजिकैको ढुंगामा उभिएर सेल्फी खिच्ने क्रममा विस्मृती नदीमा खसेकी थिइन । उनलाई बचाउन जाँदा नम्रतालाई पनि बगाएको थियो । नम्रताको उतिखेरै उद्दार गरिएपनि विस्मृतिको अवस्था अझै थाहा हुन सकेको छैन ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

आज विश्व खाद्य दिवस

२०८२ आश्विन ३० गते, बिहीबार

बझाङमा ४.९ म्याग्निच्युडको भूकम्प

२०८२ आश्विन २९ गते, बुधबार