चट्याङले दुई जनाको ज्यान लियो
काठमाडौ, २ चैत । चितवनमा हिजो अपरान्ह परेको भारी वर्षासंगै परेको चट्याङ लागेर दुई जनाको मृत्यु भएको छ भने आठजना घाइते भएका छन । पूर्वी चितवनको रत्ननगर नगरपालिका–१० जिरौनामा २ जनाको मृत्यु र ८ जना घाईते भएका हुन् । घाईते चार जनाको अवस्था गम्भिर रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । प्रहरीका अनुसार चट्याङ लागेर मृत्यु हुनेमा सर्लाही रन्जितपुर ९ का १६ वर्षिय वर्षिय दिनेश माझी, सोही जिल्लाका हजरिया ५ की २४ वर्षिय रीता राइको मृत्यु भएको छ ।
उनीहरुको उपचारका लागि भरतपुर ल्याउने क्रममा बाटोमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाउको छ । घाईतहरुको चितवन मेडिकल कलेज र कलेज अफ मेडिकल साइन्सेस शिक्षण अस्पताल भरतपुरमा उपचार भईरहेको छ । मृतक तथा घाईते हुनेहरु सबै इट्टा उद्योगमा कार्यरत थिए ।