सशस्त्रमा सूचना अधिकारीको सम्पर्क नम्बरसहितको साइनबोर्ड टास्ने कार्यको सुरुवात

२०७२ चैत्र ३ गते, बुधबार

काठमाडौ, ३ चैत । सशस्त्र प्रहरी बल नेपालले संगठनको सूचनामा सर्वसाधारणको पहुँचलाई विस्तार गर्न सूचना दिन तोकिएका एपीएफ अधिकृतको नाम, सम्पर्क नम्बर र तस्वीरसहितको साइनबोर्ड सशस्त्र प्रहरी बलका सम्पूर्ण स्थाई इकाईहरुमा देखिने गरी टास्ने कार्यको सुरुवात गरेको छ । सशस्त्र प्रहरी बलको सूचना अधिकारी तथा प्रवक्ता, सहायक सूचना अधिकारी तथा सहायक प्रवक्ता लगाएत सम्बन्धित एपीएफ इकाईका सूचना अधिकारीको सम्पर्क नम्बरसहितको उक्त साइनबोर्ड यसै चैत्र महिनाको १५ गतेभित्र सम्पूर्ण स्थाई कार्यालयमा राखिने छ ।
यसै क्रममा सशस्त्र प्रहरी बल प्रधान कार्यालयमा सर्वसाधारणले सजिलै प्रवेश पाउने सोधपुछ कक्षमा चार फीट चौढाई तथा करीब साढे दुई फीट उचाईको साइनबोर्ड राखिसकिएको छ । साइनबोर्डमा सशस्त्र प्रहरी बलको प्रवक्ता तथा सूचना अधिकारी शैलेन्द्र खनालको सम्पर्क नम्बर लगाएत बलका सहायक प्रवक्ता तथा सहायक सूचना अधिकारीको सम्पर्क नम्बरसहितको विवरण उल्लेख छ । छिटो छरितो ढंगले आफ्ना सूचना प्रवाह गर्दै आएको सशस्त्र प्रहरी बलले आफ्नो संगठनका बारेमा सर्वसाधारणले सहज ढंगले सूचना प्राप्त गर्न सकोस भनि यो नयाँ व्यवस्था गरेको हो ।
सशस्त्र प्रहरी बलले महानगरीय सशस्त्र प्रहरी कार्यालय लगायत सशस्त्र प्रहरी बलको बाहिनीहरु, प्रशिक्षण संस्थाहरु तथा गण, सिमा सुरक्षा कार्यालय, गुल्म लगाएतका एपीएफ इकाईहरु सवै ठाउँमा सो कार्यालयमा आउने जोसुकैले पनि सजिलैसँग देख्न सक्ने गरी साइनबोर्ड राख्ने कार्य भईरहेको छ । सशस्त्र प्रहरी बलको सूचनामा सर्वसाधारणको पहुँचलाई विस्तार गर्ने क्रममा बलको देशभरका सम्पूर्ण स्थाई इकाईमा यो व्यवस्था गरिएको हो । काम विशेषले सशस्त्र प्रहरी बलको कार्यालयमा पुगेका जोसुकैले पनि सम्बन्धित सूचना अधिकारीसँग सूचना माग गर्न सजिलो होस भन्ने अभिप्रयाले साइनबोर्ड राखिएको हो । सम्बन्धित इकाईका सूचना अधिकारीबाट सहज ढंगले सूचना प्राप्त गर्न गाह्रो भएमा सशस्त्र प्रहरी बलको सूचना अधिकारी तथा प्रवक्ता एवं सहायक सूचना अधिकारी तथा सहायक प्रवक्तासँग सम्पर्क गर्न सजिलो होस भन्ने अभिप्रायले यो व्यवस्था गरिएको हो । यसबाट नागरिकले सशस्त्र प्रहरी बलका बारेमा अझै सहज ढंगले सूचना प्राप्त गर्न सक्ने विश्वास सशस्त्र प्रहरी बलको छ । बलले यसअघिनै आफ्ना सम्पूर्ण स्थाई इकाईमा दोश्रो बरियताका एपीएफ अधिकृतलाई सूचना अधिकारी तोक्नुका साथै अन्य सम्पूर्ण साना एपीएफ इकाईमा कार्यालय प्रमुख स्वयंनै सूचना अधिकारी रहने व्यवस्था गरिसकेको छ ।
सशस्त्र प्रहरी बलले आफुसँग रहेका सूचनाहरु न्युनतम समयमा उपलब्ध गराउने लक्ष्य लिएको छ भने बलले आफ्नै प्रयासमा जनसरोकारका सूचनाहरु सार्वजनिक प्रवाह गर्दै आइरहेको छ । संगठनभित्र रहेका सार्वजनिक महत्वका सूचनामा आमनागरिकको पहुँच सजिलोसँग पु¥याउँदै नागरिकको सुसुचित हुने हक संरक्षण गर्नका लागि सशस्त्र प्रहरी बल प्रतिवद्ध रहेको छ ।
सशस्त्र प्रहरी बलसँग सम्बन्धित सूचनामूलक समाचारको सम्प्रेषण, जानकारी एवं बलको सूचना प्रवाह गर्ने प्रयोजनका लागि सशस्त्र प्रहरी बलले विगतदेखि नै सूचना अधिकारी तोकेको हो । तोकिएका आफ्ना सूचना अधिकारीहरुलाई सूचनाको हक र सूचना प्रवाह सम्बन्धि व्यवस्था अनुरुप जिम्मेवारी र जवाफदेहीताका साथ कार्य गर्न सशस्त्र प्रहरी बलले मातहत सम्पूर्ण इकाईलाई निर्देशन दिएको छ

प्रतिक्रियाहरु

[anycomment]