पत्रकार महासंघ स्थापना दिवस मनाउदै
काठमाडौ , १६ चैत्र । नेपाल पत्रकार महासंघले आज आफ्नो ६१ औं स्थापना दिवस मनाउदै छ । पत्रकारहरुको छाता संगठन महासंघले दिवसका अवसरमा मुलुकभर विविध कार्यक्रमको आयोजना गरिएको जनाएको छ । महासंघ केन्द्रिय कार्यसमितिले दिवसका अवसरमा आज बिहान राजधानीमा प्रभातफेरि निकालिएको छ । राजधानीको भृकुटीमण्डपबाट सुरु भएको प्रभातफेरि शान्तिवाटिकामा पुगेर सभामा परिणत भएको थियो ।
सभालाई पूर्वसभापति हरिहर बिरही, महासंघ अध्यक्ष महेन्द्र बिष्टा लगायतले सम्बेधन गरेका थिए । सभालाई सम्बोधन गर्दै महासंघका अध्यक्ष महेन्द्र बिष्टले श्रमजीवी पत्रकारहरुको हक हित, प्रेस स्वतन्त्रता र नागरिक अधिकारको रक्षाका लागि सशक्त रुपमा लाग्ने प्रतिवद्धता जनाए ।
दिवसकै अवसरमा भोली सन्चारकर्मी र राजनीतिकर्मीबीच मैत्रीपूर्ण फूटबल हुने महासंघले जनाएको छ । खेल दिउँसो ३ बजेपछि राजधानीको दशरथ रंगाशालामा हुनेछ ।