बिस्केटको रथले च्यापेर मृत्यु
काठमाडौँ, २८ चैत । भक्तपुरमा शनिबारदेखि सुरु भएको बिस्केट जात्राको रथ तान्ने क्रममा घाइते भएका लक्ष्मीप्रसाद त्यातको ज्यान गएको छ । घाइते भक्तपुर सुकुलढोकाका ४४ वर्षका त्यातको उपचारको वीर अस्पताल ट्रमा सेन्टरमा शनिबार राति ज्यान गएको प्रहरीले जनाएको छ । रथ तान्ने क्रममा घाइते भएका अरुको उपचार भइरहेको छ । शनिबार बिहान बिभिन्न चरणको पूजा सकेर दिउँसो भैरब र भद्रकालीलाई आआफ्नो रथमा राखेर रथ तान्न सुरु गरिएको थियो । रथ तान्ने क्रममा घसेर रथले च्याप्दा त्यात घाइते भएका थिए ।