अब उपत्यकाका सबै उपभोक्तालाई ग्यास

२०७२ चैत्र २९ गते, सोमबार

काठमाडौं, २९ चैत । आजदेखि काठमाडौं उपत्यकाका सबै उपभोक्तालाई ग्यास पुर्‍याउन एकहप्तासम्म अभियान सञ्चालन भएको छ । ग्यास उद्योगीले एक हप्ताभित्र सबै उपभोक्तालाई खाना पकाउने ग्यास उपलब्ध गराउन अभियान सञ्चालनमा ल्याएका हुन् । अभियानको पहिलो दिन सोमबार भक्तपुरका सबै डिलरमा ग्यास पुर्‍याउने र बिहान ११ बजेदेखि वितरण थाल्ने तयारी भएको ग्यास उद्योग संघका अध्यक्ष शिवप्रसाद घिमिरेले बताe ।
यस्तै मंगलबार काठमाडौंको नयाँ बानेश्वर, कोटेश्वर, बत्तिसपुतली, शंखमूल, माइतीघर, बुद्धनगर र बबरमहल क्षेत्रमा ग्यास वितरण हुनेछ । वैशाख १ गते भने ग्यास वितरणको तालिका छैन ।
तालिका अनुसार वैशाख २ गते काठमाडौंको पुरानो बानेश्वर, सिनामंगल, गौशाला, चाबहिल, बौद्ध, चुच्चेपाटी, कपन, साँखु, सुन्दरीजल र नयाँबस्ती क्षेत्रमा ग्यास बिक्री हुनेछ ।
३ गते ललितपुर क्षेत्रमा तथा ५ गते काठमाडौंकै न्यूरोड, असन, लगन, पुतलीसडक, कालिकास्थान, त्रिपुरेश्वर, डिल्लीबजार, ज्ञानेश्वर र मैतीदेवीका उपभोक्ताले ग्यास पाउने छन् । ४ गते भने शनिबार परेकाले ग्यास बिक्री नहुने संघले जनाएको छ ।
यस्तै ६ गते कंलकी, थानकोट, बल्खु, कीर्तिपुर, सतुंगल, कालिमाटी, बाफल, बालाजु, सीतापाइला र स्वयम्भूमा ग्यास वितिरण गर्ने कार्यतालिका छ । अभियानको अन्तिम दिन अर्थात ७ गते महाराजगञ्ज, बुढानिलकण्ठ, गोंगबु, लाजिम्पाट, दरबारमार्ग, बालुवाटार, विशालनगर, भाटभटेनी र धुम्बाराही क्षेत्रमा ग्यास बिक्री गरिने उद्योगीले बताएका छन् । उद्योगीका अनुसार लामो समयदेखि ग्यास अभाव खेप्दै आएका उपभोक्तालाई मात्रै वितरण गरिनेछ ।
सबै उपभोक्तलाई ग्यास पुर्‍याउन प्रति परिवार एक सिलिण्डर मात्रै वितरण गरिने छ । विभिन्न २७ कम्पनीले दैनिक ३५÷४० हजार ग्यास भरिएका सिलिन्डर बजारमा पठाउने तयारी गरेका छन् ।

प्रतिक्रियाहरु

[anycomment]