प्रेम गर्दा ज्यान गुम्यो

२०७२ चैत्र २९ गते, सोमबार

काठमाडौं, २९ चैत्र । जुम्लामा युवतीको विषयलाई लिएर एक युवकको हत्या भएको छ । चन्दननाथ नगरपालिका १५ का १९ वर्षका राजेश न्यौपानेको ढुंगाले थिचेर हत्या भएको प्रहरी नायब उपरीक्षक विष्णुहरि कोइलाराले जानकारी दिए । जिल्लाको छुमचौर ४ तालकोट भन्ने ठाउँमा लखेटी लखेटी ढुंगाले थिचेर राजेशको हत्या भएको कोइरालाले बताए ।
घटनामा संलग्न भएको आरोपमा ७ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । पट्मारा गाविस रिनी गाउँकी एक युवतीसँगको प्रेमका कारण राजेशको हत्या भएको प्रहरीले बताएको छ । खोला किनारमा बसेका बेला राजेशमाथि एक्कासी आक्रमण भएको प्रहरीले जनाएको छ । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रियाहरु

[anycomment]