कनकमणि दीक्षित पक्राउ

२०७३ बैशाख १० गते, शुक्रबार

काठमाडौं, १०वैशाख । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले पत्रकार कनकमणि दीक्षितलाई आज उनकै निवासबाट पक्राउ गरेको छ । स्रोत नखुलेको सम्पति छानबिनमा असहयोग गरेको आरोपमा अख्तियारले पत्रकार दीक्षितलाई पक्राउ गरेको हो । दीक्षितलाई पक्राउ गर्न प्रहरीसहित अख्तियारका अधिकारीहरू पाटनढोकास्थित दीक्षितको निवासमा पुगेका थिए । दीक्षितलाई दिइएको पक्राउ पूर्जीमा ‘गैरकानुनीरुपमा सम्पत्ति आर्जन गरेको भ्रष्टाचार कसुरको अभियोगमा अनुसन्धान गर्नुपर्ने देखिन आएकोले पूर्जीसहित प्रहरी र अख्तियार कर्मचारीकासाथ आउन’ भनिएको छ ।
यसअघि, अख्तियारले दीक्षितलाई पटक–पटक अभियोगबारे छानबिनमा सहयोग गर्न आग्रह गर्दा उनले आपूmलाई कारबाही गर्ने अधिकार अख्तियारसँग नरहेको ब्यहोराको पत्र अख्तियारमा दिएको बुझिएको छ ।

प्रतिक्रियाहरु

[anycomment]