विनासकारी भूकम्प गएको एक बर्ष पुरा

२०७३ बैशाख १२ गते, आईतवार

काठमाडौ, १२ बैशाख । आज भूकम्प गएको एक बर्ष पुरा भएको छ । सरकारले आज बिहानैदेखि भूकम्पको सम्झनामा विशेष कार्यक्रम गरिरहेका छन् ।
गएको बैशाख १३ गते मध्याह्न ११ बजेर ५६ मिनेट जाँदा ७.८ रेक्टर स्केलको भूकम्प गएको थियो । यसबाट करिब नौ हजार नेपालीको मृत्यु भयो भने दुई हजार २ सयभन्दा बढी घाइते भएका छन् । झन्डै पाँच लाख घर ध्वस्त भए । हजारौँ घरबारविहीन भएका छन् ।
बिहान प्रधानमन्त्री केपी शर्मा ओलीको सहभागितामा काठमाण्डुको सुनधारामा रहेका धरहरामा भूकम्पका कारण मृत्यु भएकोका सम्झनामा कार्यक्रम गरिएको छ ।
आज राष्ट्रपति विद्यादेवी भण्डारी गोरखाको बारपाक, प्रधानमन्त्री केपी शर्मा ओली सिन्धुपाल्चोक जाने कार्यक्रम रहेको छ । आजै बेलुका माइतीघर मण्डलामा मैनवत्ति बालेर सम्झना गरिनेछ ।

प्रतिक्रियाहरु

[anycomment]