प्रेस काउन्सिललाई प्रभाबकारी एबम ससक्त बनाउन जरुरी – राई
काठमाडौँ, १३ बैशाख । सुचना तथा सन्चार मन्त्री सेरधन राइले सम्पुर्ण मिडिया हेर्ने एउटै निकाय प्रेस काउन्सिल लाई समयमुखी ,ससक्त र प्रभावकारी बनाउनुपर्नेमा जोड दिएका छ्न । प्रेस काउन्सिल नेपालको ब्यबस्थापन सुधार कार्ययोजना सार्वजनिक कार्यक्रममा मन्त्री राइले उक्त कुरा बताएका हुन ।कार्यक्रममा छापा पत्रकारितालाई मात्र नभई अब अन्य रेडियो ,टेलिभिजन ,अन्लाईन माथि समेत प्रेस काउन्सिलको प्रभावकारिता बढ्नुपर्ने पत्रकार महासङ्घका अध्यक्ष महेन्द्र बिस्टले धारणा राखे । त्यस्तै मन्तब्य राख्ने क्रममा सन्चार मन्त्रालयका सचिब दिनेसचन्द्र थपलियाले प्रेस काउन्सिललाई अधिकार सम्पन्न बनाउन मन्त्रालयबाट जस्तो सुकै सहयोग गर्ने जानकारी गराए । उनले आउदो आर्थिक बर्ष देखि देसै भरिका एफ एम रेडियो लाइ समेत प्रेस काउन्सिलको दायरामा ल्याइने बताए । सचिब थपलियाले यसका लागि मन्त्रालयबाट बजेट निकास भइसकेको पनि जानकारी दिए।कार्यक्रममा क्रान्तिकारी पत्रकार संघका अध्यक्ष गोबिन्द आचर्य,न्युनतम पारीस्रमिक निर्धारण समितिका अध्यक्ष पोषण के सि लगायतको उपस्थिती रहेका थिए।उक्त कार्यक्रम काउन्सिलका अध्यक्ष बोर्ण बहादुर कार्किको सभापतित्वमा सम्पन्न भएको थियो।