मस्कुलर डिस्ट्रोफीबारे अन्तर्राष्ट्रिय सम्मेलन हुदै

२०७३ बैशाख १८ गते, शनिबार

काठमाडौं, १८ बैशाख । मांसपेसी अशक्त भएका कारण हुने वंशाणुगत रोग मस्कुलर डिस्ट्रोफीबारे अन्तर्राष्ट्रिय सम्मेलन आजदेखि पोखरामा सुरु हुँदैछ ।
मस्कुलर डिस्ट्रोफी फाउन्डेसन नेपालको आयोजनामा हुने सम्मेलनमा मांसपेसी विशेषज्ञ, समाजसेवी, अनुसन्धानकर्ता तथा अन्य पेसाकर्मीले यो रोगको व्यवस्थापनसम्बन्धी छलफल हुनेछ ।
वरिष्ठ स्नायुरोग विशेषज्ञ तथा फाउन्डेसनका अध्यक्ष प्रा डा जेपी अग्रवालले यो रोगको बारेमा जनचेतना जगाउन सम्मेलनमा अभिभावकलाई पनि सहभागी गराउन लागिएको बताउनुभयो ।
डा अग्रवालका अनुसार यो रोगको लक्षण शिशुमा दुईदेखि पाँच वर्षको अवधिमा देखिएर १२ वर्षको हँुदै गर्दा पूर्ण रुपमा हिँडडुल गर्न नसक्ने अवस्था आउँछ र रोगी २० वर्षको उमेर पुग्दै गर्दा मृत्यु नै हुन्छ । सम्मेलन भोलिसम्म चल्नेछ ।

प्रतिक्रियाहरु

[anycomment]