बोक्सीको आरोपमा महिलाको हत्या

२०७३ बैशाख १९ गते, आईतवार

काठमाडौँ, १९ वैशाख । रसुवामा बोक्सीको आरोपमा एक महिलालाई कुटपिट र आगो लगाइ हत्या गरिएको छ । प्रहरीले आज हत्यारा तीनजनालाई पक्राउ गरी सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा यार्सा–९ घोर्मुका कान्छा शेर्पा थिङ, भोर्ले–२ कासाहिला थिङ भनिने छेनुर्बु तामाङ र यार्सा–९ कि ल्वाङबुटी तामाङ रहेका छन् । उनीहरुले यार्सा गाविस वडा नम्बर–९ घोर्मुका तुलु सार्की थिङलाई बोक्सीको आरोपमा कुटपिट गरी आगो लगाउनुका साथै जिउँदै खाडलमा पुरेर हत्या गरेको प्रहरीले जनाएको छ । अभियुक्तहरुले बोक्सीको आरोप लागेकी महिलालाई हत्या गर्नुअघि मलमूत्र खुवाउने र गाउँ निकाला गर्ने हर्कतसमेत गरेको अनुसन्धानका क्रममा खुलेको रसुवाका प्रहरी नायब उपरीक्षक अवदेश विष्टले बताए ।

प्रतिक्रियाहरु

[anycomment]