संवैधानिक परिषद्को बैठक बस्दै

२०७३ बैशाख २० गते, सोमबार

काठमाडौ, २० बैशाख । संवैधानिक परिषद्को बैठक आज पुन बस्दैछ । आजको बैठकमा करिब तीन साताअघि सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा सुशीला कार्कीलाई नियुक्तिका लागि गरिएको सिफारिसमा सभामुखले हस्ताक्षर गर्ने बताइएको छ । बैठकमा प्रतिपक्षका नेता शेरबहादुर देउवा पनि परिषद् सदस्यका रूपमा बैठकमा सहभागी हुन्छन । बैठक अहिले केहीबेरमा प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बोलाइएको छ । प्रधानमन्त्री ओलीले सभामुखको सहमति रहेको भन्दै चैत २८ को परिषद् बैठकबाट कार्कीलाई प्रधानन्यायाधीशमा नियुक्त गर्ने निर्णय गराएका थिए ।
आजको बैठकमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, निर्वाचन आयोग लगायतका संवैधानिक आयोगको नियुक्तिका विषयमा पनि छलफल हुने बताइएको छ ।

प्रतिक्रियाहरु

[anycomment]