आज मातातीर्थ औंसी
काठमाडौं, १४ वैशाख । आज मातातीर्थ औंसी अर्थात आमाको मुख हेर्ने दिन । वैशाख कृष्ण औंसीका दिन हिन्दू धर्मावलम्बीले आमाको मुख हेर्ने दिनका रुपमा मनाउने गर्दछन् । आमाप्रति श्रद्धाभक्ति, आदर र सम्मान गरी मातातीर्थ औंसी मनाईने चलन छ । यस दिन जीवित आमालाई मीठो खान लाउन दिई सम्मान गरिन्छ भने दिवङ्गत आमाको सम्झनामा तर्पण, पिण्डदान र श्राद्ध गरि सम्झना गरिन्छ । यस दिन मातृश्राद्ध गरे अक्षय पुण्य प्राप्त भई आमाले तृप्ति पाउने शास्त्रमा उल्लेख छ । शुक्रबार काठमाडौँको पश्चिमी भेगमा रहेको मातातीर्थमा आमाको सम्झनामा श्राद्ध गर्ने भक्तजनको बिहानैदेखि घुईंचो लागेको छ ।