आज कानुन दिवस
काठमाडौ, २६ बैशाख । आज कानुन दिवस, नेपालमा आधुनिक न्याय प्रणालीको प्रारम्भका रुपमा विसं २००९ वैशाख २६ गते नेपाल प्रधान न्यायालयको ऐन, २००८ जारी भई लागू भएको सम्झनामा प्रत्येक वर्ष वैशाख २६ गते कानुन दिवसका रुपमा मनाउने गरिएको छ । आज दिउँसो १ बजे अदालत परिसरमा हुने कार्यक्रममा राष्ट्रपति, प्रधानमन्त्रीलगायत विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वहरुको सहभागिता रहने भएको छ ।
दिवसका अवसरमा शुभकामना दिदै, कामु प्रधानन्यायाधिस सुशीला कार्कीले ६ दशक अगाडि स्थापित न्यायपालिका र अवलम्बित न्याय पद्धतिले नेपालमा संवैधानिक सर्वोच्चता र विधिको शासन कायम राख्न एवम् नागरिकका हक अधिकार तथा स्वतन्त्रताको संरक्षण गर्न न्यायपालिकाले जिम्मेवारीबोधका साथ आफ्नो भूमिका निर्वाह गर्दै आएको बताएकि छन ।
उनले शुभकामना सन्देशमा दिवसले न्यायमा पहुँच र विधिको शासनको सुनिश्चितताका लागि आ आफ्नो ठाउँबाट योगदान गर्ने सोच, पे्ररणा र क्ष्मता सबैमा प्रदान गरोस् भनकी छन ।