खानेपानी आयोजनाको निर्वाचनमा एमालेको लज्जास्पद पराजय

२०७३ जेष्ठ ५ गते, बुधबार

काठमाडौँ, ५ जेठ । उदयपुर जिल्लाको राजनीतिक माहोलको केन्द्रभागमा रहेको त्रियुगा साना सहरी खानेपानी आयोजनाको गत शनिबार सम्पन्न निर्वाचनमा पार्टी भित्रको अन्तरघातका कारण एमाले पक्षधर उम्मेदवार भारी मतअन्तरले पराजित भएका छन् । मतपरिणाम अनुसार एमाले उम्मेदवार त्रियुगा नगर कमिटीका उपाध्यक्ष युवराज राई नेपाली काँग्रेसका १७ नम्बर वडा सभापतिसँग २ सय ९४ मतको फरकले पराजित भए । बस्नेतले सात सय ६८ र राईले चार सय ७४ मत मात्र प्राप्त गरे । सदरमुकाम क्षेत्रमा एकछत्र लालकिल्ला बनाएको एमालेलेको आन्तरिक राजनिती रामलिल्ला जस्तै भएको छ । व्यवस्थापकीय कमजोरी र संस्थापन पक्षबिचनै भाँडभैलो भएका कारण लज्जास्पद पराजय व्यहोर्नु परेको स्वयंम कार्यकर्ता बताउँछन् । खानेपानी समीतिको सेवा क्षेत्रको सम्पुर्ण वडाको वडाध्यक्ष, गाबिस अध्यक्ष देखी मेयर र २ नं. निर्वाचन क्षेत्रको संसदमा समेत सहज जित हात पार्दै आएको एमालेलाई यो पटक भ्रष्टचारको छवि बनाएर अख्तियार धाउँदै आएका तथा भ्रष्टचारको आरोपमा नेकपा माओबादीको जनकारवाही समेत खेप्दै र भोग्दै आएका काग्रेस पक्षधर बस्नेतले सहजै पराजय गर्यो ।
पराजयसँगै एमाले पार्टीभित्र खैलाबैला सुरु हुन थालेको छ । त्यसमापनि जिल्लाको संस्थापन पक्षबाटै अन्तरघात भएपछि यतिबेला एमाले जिल्ला वृतमा ठूलै हल्लाखल्ला मच्चिएको स्रोत बताउँछ । विजयी बस्नेतलाई एमाले संस्थापन पक्षले खुलेरै सहयोग गरेको कार्यकर्ता बताउँछन् ।
बिगतमा जुत्ताको मालाले गला सजीएका र अनुहारभरी कालो पोतिएका बस्नेतको जुत्ताको माला झीकेर फुलको माला पहिर्याउने काममा एमाले जील्ला नेत्तृत्व खुलेरै लागेको देखियो र बस्नेतको अनुहारको कालोमोसो पुछ्न उध्धतहुने कार्यमा एमाले पार्टी अध्यक्ष ईश्वरमणी राउत, सचिब परमेश्वर घीमीरे, सचिवालय सदस्य प्रकाश बस्नेत,कुशल बाबु बस्नेत र दिल बहादुर तामाङ सबै भन्दा अग्रभागमा रहेको स्वयंम पराजित उमेदबार र आम कार्यकर्ताहरू नै बताउँछन् ।
पार्टीको कार्यकर्ता उम्मेदवार बनिरहदा पार्टी अध्यक्ष इश्वरमणि राउत र जिल्ला कमिटी सदस्य महेश्वरी राई काठमाण्डौ बस्नु र निर्वाचनको भोलिपल्ट गृहजिल्ला आईपुग्नु, भ्रष्टचारको आरोपमा झमेला खेपिरहँदा विजयी अध्यक्ष बस्नेतसँग मोटो रकम लिई एमाले अध्यक्ष इश्वरमणि राउतले संस्थाको लेखापरीक्षण गरी सफाई दिनुलाई कार्यकर्ताले गम्भिरताका साथ लिएकाछन् । नेपालभरी संचालनमा आएका साना सहरी खानेपानि आयोजना मध्ये सबैभन्दा बढि वदनामी कमाएको यो आयोजना संग संचालनमा आएका अन्य आयोजनाहरूले धेरै रकम चुक्ता गरिसक्दा पनि यो आयोजनाले आज भन्दा १४ बर्ष पहिले नगर बिकास कोषबाट लिएको ऋण हालसम्म १ रूपैया पनि नतिरेको तर यति बदनाम संस्थाको लेखा परिक्षण गर्दा एमाले अध्यक्ष ईश्वर मणि राउतले लिनु पर्ने रकमभन्दा बढि लिएर लेखापरीक्षण गर्ने गरेको पुर्व उपभोक्ता समितिका सदस्यहरु बताउँछन् । स्मरण रहोस बार्षिक ४० लाखको हाराहारीमा शुल्क उठने यस समिती सँग लेखा परिक्षण गरे बापत अडिटर तथा एमाले अध्यक्ष राउतले लेखा परिक्षण शुल्क १ लाख ५० हजार लिएका थिए । समितीको एन आई सी एसीया बैंकको खाताबाट एकमुष्ट ५० हजार भुक्तानि लिएको देखिन्छ भने अन्य रकम नगदै लिएको समितीको आर्थिक प्रतिबेदनमा देखिन्छ ।
त्यसैगरी खानेपानि संस्थासँग कुनै आैपचारिक सम्बन्ध नै नरहेका व्यक्ति एमाले पुर्व अध्यक्षलाई संस्थाको अधिवेशनको उद्घाटन गर्न लगाई जिल्लाका एमालेका हस्तिहरू आफ्नो पकडमा रहेको भनि उपभोक्ता सदस्यहरूको बिचमा विजयी बस्नेतले मनौबैज्ञानिक प्रभाब राख्ने काम गरेको आम उपभोक्ता र सदस्य पदमा पराजीत शेरजङ्ग खत्री बताउँछन् ।
९० प्रतिशत एमाले सदस्य रहेको तथा एमाले जिल्ला सचिब प्रमेश्वर घिमिरे, सचिवालय सदस्य दिलबहादुर तामाङ्ग कार्यरत रहेको र लेखा आयोगका संयोजक प्रेम चाम्लिङ्ग अध्यक्ष रहेको हिमाली यातायात व्यबसायी संघ बाट मतदानको लागि कार्यालय प्रतिनिधीको रूपमा काँग्रेसका सदस्य उमेश बस्नेतलाई प्रतिनिधि पठाईनु, प्रेस चौतारी नेपालका केन्द्रिय उपाध्यक्ष, एमालेका सचिवालय सदस्य, सामुदायिक वन उपभोक्ता महासंघका जिल्ला उपाध्यक्ष कुशलबाबु बस्नेत अध्यक्ष रहेको नेपाल पत्रकार महासंघबाट मतदानको लागि आउने प्रतिनिधि विजयी बस्नेतका प्रचारक रहनु, केन्द्रीय सदस्य बलदेव चौधरीका दाजु सन्तकुमार चौधरीले काग्रेस समर्थक उमेदवार बस्नेतलाई नै मदतान गर्नु पनि पराजयको कारण रहेको निर्बाचनमा पराजित अर्का सदस्य पदका उमेदवार दुर्गा कुमार श्रेष्ठ बताउँछन् । साथै यहि बुझाई आम एमाले कार्यकर्ताको रहेको छ ।
यसैगरी एमालेको गढको रुपमा परिचित त्रिनपा २ को संगमटोल जुन ठाउँमा एमाले अध्यक्ष ईश्वर मणि राउत सचिब परमेश्वर घिमीरे प्रभावशाली सदस्य ठानिने प्रकाशकुमार बस्नेत, र दिल बहिदुर तामाङ पुर्ब अध्यक्ष बेदप्रसाद पोखरेल, बसेको ठाउँबाट विपक्षमा मतदान हुनु, प्रभाबशाली सदस्य प्रकाश कुमार बस्नेत, पुर्व अध्यक्ष बेद पोखरेल, सचिवालय सदस्य दिल बहादुर तामाङ क्षेत्रीय कमिटी सदस्य लगायतका नेताहरु खुलेरै विपक्षीको भोट माग्नु र बिपक्षीलाई नै मतदान गर्नु पनि हारको अर्को कारण रहेको आम कार्यकर्ताको ठम्याई छ ।
लुकेर असहयोग गरेको भए हामि झेल्न सक्थ्यौं तर एमालेका प्रभाबशाली नेता हरू नै प्रमुख भएको संस्थाबाट बिपक्षी उमेदबारलाई मतदान गर्ने व्यक्तिलाई खुल्लमखुल्ला प्रतिनीधी पठाईदा एमाले पक्षधर आम मतदातामा मनौबैज्ञानिक असर पर्नु पनि हारको अर्को कारण रहेको आम एमाले पक्षधर भोटर र कार्यकर्ताको बुझाई छ ।
यतिमात्र नभई सचिव पदका स्वतन्त्र उम्मेदवार सन्तोष खड्कालाई आफ्नो टिम र पक्षमा पारी विपक्षीविरुद्ध मोर्चाबन्दी गर्नु पर्नेमा रोजगारको शिलशिलामा विदेश रहेका सचिबका उम्मेदवार महेश पौडे्लको पक्षमा पार्टी नेतृत्वबाटै मत माग्नुलाई पराजयको अर्को कारणको रुपमा कार्याकर्ताले लिएकाछन् ।
एक हजार सात सय ९३ मतदाता मध्ये एक हजार दुई सय ९७ मतदाताले मात्र मतदान गरेका थिए । निर्वाचनबाट अध्यक्षमा बस्नेत, उपाध्यक्षमा ओमबहादुर खड्का, सचिबमा सन्तोष खड्का , कोषाध्यक्षमा किरण पाण्डे रहेका छ्न।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु