प्रेस चौतारीको राष्ट्रिय अधिवेसन सुरु हुदै
काठमाडौ, ६ जेठ । प्रेस चौतारी नेपाल आठौंँ राष्ट्रिय अधिवेशन आजदेखि काठमाडौमा सुरु हुँदैछ । एमाले निकट पत्रकारको संस्था प्रेस चौतारीको आज उद्घाटन र भोलिदेखि बन्दसत्र सुरु हुनेछ । महाधिवेशनको नारा ‘समृद्ध नेपाल निर्माणका लागि सवल श्रमजीवी पत्रकार, प्रेस स्वतन्त्रता, व्यावसायिक पत्रकारिता प्रेस चौतारीको आधार’ रहेको छ ।
अधिवेशन प्रधानमन्त्री केपी शर्मा ओलीले बिहान ११ बजे काठमाडौको प्रज्ञा भवनमा उदघाटन गर्ने कार्यक्रम रहेको छ । नयाँ नेतृत्व र नयाँ विधानसहित अधिवेशन सकिनेछ ।
नयाँ संविधान अनुकूल विधान र नेतृत्वको कार्यसूची भएकाले नेतृत्वका आकांक्षी बढ्दा नेतृत्वमा रोचक भिडन्त हुँदैछ । भावी अध्यक्षमा पूर्व वरिष्ठ अध्यक्ष गणेश बस्नेत र वर्तमान महासचिव माधव नेपालबीच प्रतिस्पर्धा हुने निश्चित भएको छ । बस्नेत र नेपाल प्यानलसहित मैदानमा छन् । कुल ८ हजार साधारण सदस्य रहेको संस्थाको महाधिवेशनमा देशभरबाट करिब ७०० प्रतिनिधि आउने चौतारीले जनाएको छ ।