सिक्री लुट्दै हिड्ने पक्राउ

२०७३ जेष्ठ ६ गते, बिहीबार

काठमाडौँ, ६ जेठ । प्रहरी प्रभाग साँखुबाट खटिएको टोलीले महिलाले घाँटीमा लगाएको सिक्री लुटेको अभियोगमा सिन्धुपाल्चोक मेलम्ची नगरपालिका–१३ बस्ने ३० बर्षीय लाल बहादुर महरालाई पक्राउ गरेको छ । बा ३३ प २७०९ नम्बरको मोटरसाइकलमा सवार महराले बुधबार भोटेचौर– १ बस्ने ६० बर्षीया दिपा कुमारी चौलागाईलाई जरसिहंपौवाबाट शंकरापुर नगरपालिका–६ कात्तिकेसम्म लिफ्ट दिन्छु भनी कात्तिके नजिकै एकान्त ठाँउमा मोटरसाइकल रोकी २ तोला सुनको सिक्री लुटेको बताइएको छ । महरालाई स्थानीय बासिन्दाले नियन्त्रणमा लिई प्रहरीलाई खवर गर्ना साथ् साँखुबाट खटिएको प्रहरी टोलीले उक्त मोटरसाइकल सहित उनलाई पक्राउ गरेको हो ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु