जंगली जनावरबाट बच्न इलेक्ट्रोनिक तारजाली

२०७३ जेष्ठ ८ गते, शनिबार

काठमाडौं, ८ जेठ । रसुवाको लाङटाङ राष्ट्रिय निकुञ्ज क्षेत्र वरिपरि पहिलोपटक इलेक्ट्रोनिक तारजाली जडित नयाँ प्रविधि भित्र्याइएको छ । वन्यजन्तुले बालीनाली खाएर हैरान पार्न थालेपछि कृषकहरुले तार जडित इलेक्ट्रोनिक प्रविधि प्रयोग गर्न सुरु गरेका हुन् । निकुन्ज क्षेत्रमा रहेको रसुवाको स्याफ्रु गाविसको ब्राबलमा कृषकले पहिलोपटक इलेक्ट्रोनिक तारजाली जडित सो प्रविधि भित्र्याएका हुन् । निकुन्ज तथा मध्यवर्ती क्षेत्र सहयोग आयोजना डब्लुडब्लुएफको १५ लाख र अन्य स्थानीयको सहयोग गरी २३ लाख रुपैयाँको लागतमा यो प्रविधि सुरु गरिएको हो ।
मानव र जंगली जनावरबीच हुँदै आएको द्वन्द्व न्यूनीकरण गर्न प्रविधि उपयोगी हुने विश्वास लिइएको छ । २ हजार ७ सय मिटर लम्बाई रहेको उक्त तारबारले ब्राबलमा रहेको १५७ रोपनी जग्गाको संरक्षण गर्नेेछ । जंगली जनावरको प्रभावका कारण ५० प्रतिशतभन्दा बढी जमिन बाँझै राख्न बाध्य किसानलाई यो प्रविधिले हर्षित बनाएको छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु