दाइजो नदिएपछि हत्या

२०७३ जेष्ठ १० गते, सोमबार

काठमाडौं, १० जेठ । दाइजोमा दुई लाख नदिएको भन्दै एक महिलाको हत्या भएको छ। दाइजोमा कबुल गरिएको १३ लाख नगदमध्ये दुई लाख रूपैयाँ केटा पक्षलाई नदिएको विषयमाराधादेवि साहको हत्या भएको हो।
‘दुई लाख नदिएकै कारण पापीहरूले मेरी एक्ली बहिनीलाई मारे,’ मृतकका दाजु जितेन्द्र साहले भने,‘ यस्तो हुन्छ भन्ने पहिले नै थाहा पाएको भए दुई लाख पनि दिइसकेका हुन्थ्यौ।’ वीरगन्ज १५ मुर्ली बगैचाका रामानन्द साह कानुका छोरा सुवास साह कानुसँग वाराको गढीमाई नगरपालिका १ का जितेन्द्रकी बहिनी राधादेविको गत फागुन १० गते बिहे भएको थियो। – अन्नपूर्ण पोस्टवाट

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु