मध्यरातमा परकम्प

२०७३ जेष्ठ ११ गते, मंगलवार

काठमाडौं, ११ जेठ । गएराति १२ बजेर ५४ मिनेट जाँदा ४.२ म्याग्निच्यूडको परकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । धादिङको नौबिसे आसपास केन्द्रबिन्दु बनाएर परकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । भूकम्पको धक्का राजधानीमा समेत महसुश गरिएको थियो ।
केन्द्रका अनुसार गतवर्षको गोरखा भूकम्पपछि हालसम्म चार म्याग्निच्यूडमाथिका ४५५ ओटा परकम्प गइसकेको छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु