रक्सी पिउन नेपाल आउने प्रहरीको फन्दामा

२०७३ जेष्ठ १२ गते, बुधबार

काठमाडौं, १२ जेठ । भारत सरकारले बिहार राज्यमा रक्सी बेचबिखनमा प्रतिबन्ध लगाएपछि त्यहाका मानिसहरु रक्सी पिउन नेपालका सीमावर्ती बजारमा आउने गरेका छन् । अप्रिल ५ देखि अहिले सम्मको अवधिमा रक्सी पिउन नेपाल आएका ७० जना भारतीय नागरिकलाई नेपाल प्रहरीले पक्राउ गरेको छ।
भारतीय सरकारी समाचार संस्था प्रेस ट्रस्ट अफ इण्डिया (पिटिआई) का अनुसार भारतको बिहारबाट रौतहट आई रक्सी पिउने उनीहरुलाई जिल्ला प्रहरी कार्यालय रौतहटले पक्राउ गरी जनही १ हजार रुपैयाँ जरिवाना समेत तिराएको छ। उनीहरुलाई अर्को पटक रक्सी पिउन नेपाल नआउने सर्तमा छोडिएको समाचारमा उल्लेख छ। गएको शनिबारमात्रै सितामढीबाट रक्सी पिउन गौर आएका ९ जना भारतीय लाई पक्राउ गरेको थियो।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु