ट्राफिक जरिवानाको विरोधमा चक्काजाम

२०७३ जेष्ठ १३ गते, बिहीबार

काठमाडौं, जेठ १३ । जेठ १ गतेदेखि ट्राफिक जरिवाना रकम बढाइको विरोधमा यातायात व्यवसायीले आज चक्काजाम गरेका छन् । लेन पालना नगर्ने, जथाभावी पार्किङ गर्ने जस्ता ट्राफिक नियम उल्लंघनका घटनामा कम्तिमा पाँच सयदेखि बढीमा १५ सय रुपैयाँसम्म जरिवाना लिन सकिने नियम लागू भएपछि यातायात व्यवसायी विरोधमा उत्रिएका हुन् । व्यवासयीले ट्राफिक जरिवाना शुल्क बढाइएको विरोधमा आज देशभरी नै सार्वजनिक गाडी नचलाउने घोषणा गरेका छन् । सरकारले सरोकारवालासँग छलफल नै नगरी ऐन संशोधन गरेर नयाँ नियम लागू गरेको आरोप लगाउँदै व्यवसायीहरुले नयाँ नियमले आफूहरुको व्यासाय नै धरापमा परेको जनाएका छन् । ट्राफिक जरिवाना बढाउनु भन्दा पनि नियम उल्लंघन हुने वातावरण नै बन्न नदिन लाग्नु पर्ने उनीहरुको भनाई छ ।
व्यवसायीको बन्दका कारण काठामाडौं उपत्यकामा बिहानैदेखि भाडाका गाडी चलेका छैनन् । फाट्टफुट्ट ट्याक्सी देखिए पनि अन्य कुनै पनि भाडाका सवारी साधन सडकमा देखिएका छैनन् । काठमाडौंबाट बाहिरिने र काठमाडौं भित्रिने लामो दूरीका गाडी पनि चल्न नसकेको ट्राफिक प्रहरीले जनाएको छ ।
यता, गृह मन्त्रालयले भने गाडी नचलाए कारबाही गर्ने चेतावनी दिएको छ । यातायात व्यवसायी तथा मजदुरले बन्द आह्वान गरेपछि देशभर सुरक्षा व्यवस्था कडा पारिएको जनाउँदै गृह मन्त्रालयले नियम अनुसार गाडी नचालाए कारबाही गर्ने चेतावनी दिएको छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु