सयौ ट्याक्सी कारबाहीमा

२०७३ जेष्ठ १४ गते, शुक्रबार

काठमाडौँ, १४ जेठ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले काठमाडौँ उपत्यकामा एक महिनामा ५८२ ट्याक्सी कारबाहीमा परेको बताएको छ । महाशाखाले दिएको तथ्याङ्कअनुुसार मिटरमा जान नमान्ने र पैसाको मोलमोलाई गर्ने ४६१, मिटर बिगारेको वा कल फास्ट गर्ने ६३ र प्रयोजनविपरीत रातो प्लेटलाई भाडाका रुपमा प्रयोग गरेको ५८ रहेका छन् । महाशाखाका सहप्रवक्ता राजेन्द्रप्रसाद भट्टले काठमाडौँ क्षेत्रमा धेरै ट्याक्सी प्रयोग हुने गरेकामा धेरै ट्याक्सी मिटरमा जान नमान्ने गरेको बताए । उनले भने , “अस्पताल, विमानस्थललगायत अत्यावश्यक स्थानमा धेरै भाडा असुल्ने गरेको पाइएको छ त्यस्ता स्थानमा विशेष निगरानी राख्छौँ ।” पछिल्लो समय ट्राफिकले ट्राफिक नियम उल्लङ््घन गर्ने र बढी भाडा असुल गर्ने सवारी साधनलाई विशेष निगरानी बढाउँदै आएको छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु