भान्जाले छिनाए मामाको हात
काठमाडौँ, २१ जेठ । संखुवासभा स्याबुन-९ का २६ वर्षीय सन्तोष दाहालले आफ्नै मामा ४२ वर्षीय दिलकुमार तामाङको हात तरवार प्रहार गरि दुई टुक्रा पारिदिएका छन । हिजो घरमा सामान्य विवाद भएपछि रातको १० बजे माइली दिदीका छोरा सन्तोषले मामाको बायाँ हात दुई टुक्रा बनाएका हुन् । घाइते मामालाई उपचारका लागि खाँदबारी अस्पताल भर्ना गरिएको छ । थप उपचारका लागि काठमाडौ लाने तयारी गरेको परिवारले जानकारी दिएको छ ।
आरोपितलाई स्थानीयले प्रहरीको जिम्मा लगाएका छन् । प्रहरीले भने ज्यानमार्ने उद्योग अन्र्तगत अंगभंग महलमा मुद्धा चलाउने तयारी गरेको छ ।