फाल्गुनन्दको पूर्ण कदको सालिक निर्माण

२०७३ जेष्ठ २२ गते, शनिबार

काठमाडौँ, २२ जेठ । किरात धर्मका महागुरु फाल्गुनन्द लिङ्देनको अहिलेसम्मकै सबैभन्दा ठूलो पूर्ण कदको सालिक उर्लाबारीमा निर्माण गरिएको छ ।
स्थानीयवासी मूर्तिकार मञ्जुल मितेरीले मूर्ति निर्माण गरेका हुन् । मोरङको टाँडीस्थित मिक्लु खोलाबाट ल्याइएको एउटै ढुङ्गाबाट निर्मित उक्त सालिकको तौल दुई टन र लम्बाइ सात फिट छ । सालिक तेह्रथुमको सङ्क्रान्ति बजारमा लगेर राखिने उर्लाबारी–२ की देवी राईले बताए ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु