चट्याङ लागेर दुईजनाको मृत्यु, ४ घाइते

२०७३ जेष्ठ २२ गते, शनिबार

काठमाडौं, २२ जेठ । नवलपरासी र दैलेखमा शनिबार दिउँसो परेको चट्याङ लागेर दुईजनाको मृत्यु भएको छ भने अरु चारजना घाइते भएका छन् ।
चट्याङ लागेर नवलपरासीको नयाँ बेलहानी–६ का ३९ वर्षीय रामबहादुर कुमाल र दैलेखको चामुन्डा–७ जंगलीकी ८ वर्षीया बालिका सरस्वती साईको मृत्यु भएको प्रहरीले जनाएको छ । चट्याङ लागेर नवलपरासीको बेलहानीमा चारजना घाइते भएका छन् । उनीहरुको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।
उता, दैलेखको चामुन्डामा भने चट्याङ लागेर तीनओटा भैंसीसमेत मरेका छन् ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु