आज विश्व वातावरण दिवस

२०७३ जेष्ठ २३ गते, आईतवार

काठमाडौँ, २३ जेठ । आज विश्व वातावरण दिवस , प्रधानमन्त्री केपी शर्मा ओलीले विश्व वातावरण दिवसका अवसरमा आज एक शुभकामना सन्देश दिँदै स्वच्छ वातावरणमा बाँच्न पाउने मौलिक हक सुनिश्चित गर्नु आजको पुस्ताको कर्तव्य भएको बताएका छन । प्रधानमन्त्री ओलीले विश्व वातावरण दिवसको अवसरमा दिएको सन्देशमा भावी पुस्ताका लागि नभई नहुने हाम्रा अमूल्य र विशिष्ट जीवजन्तु, स्वच्छ, स्वस्थकर तथा मनोरम वातावरण र जीवनको पर्याय वनलाई सम्पूर्ण शक्ति लगाई संरक्षण र सम्बद्र्धन गर्न प्रण गर्ने दिनका रुपमा दिवसलाई लिँदै नेपालको संविधानले स्वच्छ वातावरणमा बाँच्न पाउने मौलिक हक सुनिश्चित गरेको स्मरण गराएका छन । “नेपालजस्तो अल्पविकसित मुलुकमा वातावरण संरक्षण र विकासलाई सँगसँगै अघि बढाउन निकै चुनौतीपूर्ण छ । तदनुरुप वातावरण संरक्षण, दिगो व्यवस्थापन र विकासलाई एकैसाथ अघि बढाउने क्रममा यदाकदा समस्यासमेत देखापर्ने गरेको छ ।”
प्रधानमन्त्रीले भने – “यति हुँदाहुँदै हाम्रा विकासका लक्ष्य पूरा गर्न, स्रोत र साधनको दिगो तथा अधिकतम प्रयोग गर्न नेपाल सरकारले सन्तुलित, दिगो र तीव्र आर्थिक सामाजिक विकासका लागि वातावरणमैत्री प्रविधिको उपयोग र प्रवद्र्धन गर्ने नीति लिएको स्मरण गर्दछु ।”
उहाँले वातावरण संरक्षण तथा व्यवस्थापन एउटा बहुआयामिक र अन्तरक्षेत्रगत विषय भएको हुनाले यसको संरक्षण र समुचित व्यवस्थापनका लागि सम्बन्धित सबै निकायले आ–आफ्ना योजना तथा कार्यक्रममा यससम्बन्धी विषय समावेश गर्दै अघि बढ्न आग्रह गरेका छन ।
प्रधानमन्त्रीले मानवमात्रको हितका लागि प्राकृतिक स्रोतको प्रयोग गर्दा भावी पुस्ताको स्रोतमाथिको अधिकारलाई समेत ख्याल गरीे बुद्धिमतापूर्ण उपयोग गर्नु नै आजको आवश्यकता भएको बताएका छन ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु