वरिष्ठ संगीतकार अम्बर गुरुङको निधन

२०७३ जेष्ठ २५ गते, मंगलवार

काठमाडौं, २५ जेठ । नेपाली राष्ट्रिय गानका संगीतकार तथा संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका प्रथम कुलपति अम्वर गुरुङको निधन भएको छ । राष्ट्रिय गानका संगीतकार गुरुङको ७९ वर्षको उमेरमा काडमाडौंको ग्राण्डी अस्पतालमा उपचारको क्रममा मंगबार बिहान २ बजे ३७ मिनेटमा निधन भएको हो ।
ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालको सघन उपचार कक्ष (आइसियू) मा उपचाररत गुरुङको राति दुर्इ बजेर सैंतीस मिनेटमा निधन भएको अस्पतालले जनाएको छ । खानेकुरा खानेबित्तिकै वान्ता भइहाल्ने समस्या भएपछि गुरुङलाई गत सोमबार ग्रान्डी अन्तर्राष्ट्रिय अस्पताल ल्याइएको थियो ।
गुरुङको उपचारमा ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालका क्रिटिकल केयर मेडिसिनका चेयरम्यान तथा इन्टरनल मेडिसिनका कन्सल्ट्यान्ट फिजिसियन, पल्मोनोलोजी तथा क्रिटिकल केयर बिशेषज्ञ प्रा.डा. अर्जुन कार्कीको टिम सँगै कन्सल्ट्यान्ट ग्याष्ट्रो इन्टेरोलोजिष्ट डा. बिबेक शर्मा, कन्सल्ट्यान्ट न्युरोलोजिष्ट डा. राजु पौडेल लगायतका डाक्टरहरु संलग्न थिए ।
लामो समयदेखि मधुमेह उच्च रक्तचाप तथा पार्किन्सन्सको उपचार गराईरहेका गुरुङलाई गतसाता एस्पिरेसन न्युमोनिया, पेट तथा अन्न नलिको रक्तश्राव (युजिआई ब्लिडिङ) को उपचारकालागि भर्ना गरिएको थियो ।
सन् १९३८ मा भारतको दार्जिलिङमा जन्मिएका गुरुङले नेपाली संगित क्षेत्रको उत्थानका लागि महत्वपूर्ण योगदान दिएका छन् । राष्ट्रिय गानका संगितकार गुरुङले सयौंको संख्यामा लोकप्रिय र कालजयी नेपाली गितहरुमा स्वर तथा संगित दिएका थिए । उनले महाकवि लक्ष्मीप्रसाद देवकोटाको लोकप्रिय गीतिनाटक कुन्जिनी र मुनामदन, राष्ट्रकवि माधव घिमिरेको लोकप्रिय गीतिनाटक मालती मङ्गले लगायतका कृतिहरुमा पनि संगित दिएका थिए ।
गुरुङका पत्नी, तीन छोरा र एक छोरी छन् ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु