मुग्लिन–नारायणगढ सडक सुचारु

२०७३ जेष्ठ २६ गते, बुधबार

काठमाडौं, २६ जेठ । मुग्लिन–नारायणगढ सडक आज बिहान ३ बजेदेखि खुलेको ट्राफिक प्रहरीले जनाएको छ । वर्षासँगै पहिरो खसेपछि सो मार्ग अवरुद्ध भएको थियो । मुग्लिन–नारायणगढ सडकखण्डमा अहिले गाडीको चाप छ । बाटो बिस्तारको काम भइरहेकाले यो सडकखण्डमा हल्का पानी पर्दा समेत पहिरो खस्ने गरेको छ ।
दिनहुँजसो पहिरो खसेर बाटो अवरुद्ध हुँदा यो सडक हुँदै ओहोरदोहोर गर्ने यात्रु मर्कामा परेका छन् । बाटो बिस्तारका लागि भन्दै बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म बाटो बन्द हुने र राति यात्रा गर्न पनि पहिरोका कारण कठिनाई हुने गरेको यात्रुले बताएका छन् । बाटो बिस्तार र पहिरोका कारण यात्रु घटौँसम्म जाममा पर्ने गरेका छन् । बाटो बिस्तारले गर्दा जमिन थर्किएकाले ठाउँ ठाउँमा पहिरो जाँदा बाटो खुलाउन पनि कठिनाई हुने गरेको ट्राफिक प्रहरीले जनाएको छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु