बन्दको अबज्ञा गर्ने सवारीलाई जनकारबाही
काठमाडौं , २७ जेठ । नेकपा माओवादीले आफ्ना नेता तथा कार्यकता रिहाइको माग गर्दै गरेको नेपाल बन्दको अबज्ञा गर्ने दर्जनौ सवारीमाथि तोडफोड
गरेको छ । माओवादीले बन्दको अबज्ञा गरेर गाडी चलाएको भन्दै काठमाडौंको गोगंबु, महाराजगंज, चाहविल, तीनकुने र भक्तपुरमा गरी डेढ दर्जन गाडीमा तोडफोड र आगजनी गरेको छ । शान्तिपूर्ण नेपाल बन्द कार्यक्रमलाई अटेर गरेर गाडी चलाउने कसैलाई पनि नछोडिने माओवादी कार्यकर्ताहरूले बताएका छन् । आजको नेपालबन्दमा प्रेस, शववाहन, कुटनीतिक र अत्यावश्यक विरामीका गाडीबाहेक कुनै पनि गाडाीहरू चल्न नदिने माओवादीले बताएको छ ।