सामुदायिक बनमा जथाभावी खोटो दोहन
काठमाडौँ, २८ जेठ । भोजपुरको दक्षिणि भेगमा पर्ने रानिबास ५ धारापानी भन्ने ठाउँमा अबैध तरिकाले सल्लाका खोटो दोहन भइरहेको खबर प्राप्त भएको छ । प्राप्त खबर अनुसार उक्त क्षेत्रमा बन उपभोक्ता समिती र स्थानीय नेताको मिलेमतोमा सामुदायिक बनमा सल्लाका खोटो तान्ने काम भइरहेको हो। खोटो तान्न थाले पछि यो ठाउका सल्लाका रुखहरु सुक्न थालेको स्थानीय एक युवक बताउछ्न।खोटो तान्नका लागि यो ठाउमा पाल्पा जिल्लाका व्यापारी आउने गरेका छ्न।स्थानीयले यो बिषयमा बिरोध जनाउदा स्थानीय नेता तथा समितिका अध्यक्षले खोटोबाट आएको आम्दानी समुदायकै हितमा खर्च गरिने भन्दै पठाउने गरेका छ्न । खोटो तान्ने बाहानामा ब्यापारीहरुले यो ठाउँका स्थानिय छोरीचेलीहरुलाइ समेत अनैतिक कार्य गरि छाड्ने गरेको स्थानीयको आरोप छ । यो ठाउमा यसरी खुलेआम खोटो दोहन भइरहदा पनि जिल्ला बन कार्यलय बेखबर रहेको छ।सम्बन्धित निकायले बेलैमा ध्यान दिने पो हो कि ?