अन्डर सेभेन्टिन नक—आउट क्रिकेटको उपाधी देबदहलाइ

२०७३ जेष्ठ २८ गते, शुक्रबार

काठमाडौँ, २८ जेठ । स्कर्लस होम क्रिक्रेट एकेडेमिको आयोजनामा बुटवल देबिनगरमा सम्पन्न अन्डर सेभेन्टिन नकआउट क्रिकेट प्रतीयोगीताको उपाधी देबदह क्रिकेट युनिटले हात पारेको छ । प्रगतीनगरको खेल मैदानमा सम्पन्न फाइनलमा आयोजक स्कर्लसलाई देबदहले ४६ रनको भारी अन्तरले पराजीत गरेको हो । टस जितेर ब्याटिङ रोजेको देबदहले २० ओभरको खेलमा ८ बिकेट गुमाइ १११ रन जोड्न सफल भएको थियो । जवाफी ब्याटिङमा उत्रिएको स्कर्लस भने १८ ओभरमा अलआउट हुदै जम्मा ६५ रनमै खुम्चियो । प्रतीयोगीतामा स्कर्लसका बिकास आर्चाय म्यान अफ द सिरीज घोषीत भए भने बेष्ट बलरको उपाधी पनि स्कर्लसकै सुबम गमालको पोल्टामा पर्यो । टुनामेन्टको बिजेता देबदहले नगद १५ हजार ,शिल्ड तथा मेडल पाएको छ भने उपबिजेता स्कर्लसले ८ हजारमै चित्त बुझायो । यसैबिच प्रतीयोगीताको बिजयी तथा उपबिजेता टोलीलाइ स्कर्लस होम एकेडेमी बुटवलका प्रार्चाय तथा प्रमुख अतिथी जयप्रकाश भटराइले पुरस्कृत गरेका थिए । पुरस्कार बितरण कार्यक्रममा प्रार्चाय भटराइ,पत्रकार दिपक न्यौपाने,देबदह क्रिकेट युनिटका अध्यक्ष रबि रेग्मि,लगायतले बोल्दै स्थानिय स्तरको क्रिकेट बिकासका लागी यस्ता प्रतीयोगीता महत्वपुर्ण हुने बताएका थिए । खेल संयोजक बिशाल आर्चायको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको सन्चालन शिक्षक राजु भण्डारीले गर्नुभएको थियो । जेष्ठ १५गतेदेखी सन्चालन भएको प्रतीयोगीतामा रुपन्देहि आसपासका बिभिन्न बिधालय र क्लब गरी २८ टिमको सहभागीता रहेको थियो ।
यसैगरी, रुपन्देहि पुल तथा स्नुकर सघंले दोस्रो रगंशाला खुल्ला राष्ट्रब्यापी स्नुकर प्रतीयोगीताको बिजेता खेलाडी रेगन श्रेष्ठलाइ सम्मान गर्ने भएको छ । श्रेष्ठलाइ शनिबार बिहान मोटरसाइकल र्याली सहित सम्मान गर्ने जिल्ला अध्यक्ष हरि क्षेत्रीले जानकारी दिए । रुपन्देहिबाट प्रतिनिधित्व गर्दै बिजयी भएका श्रेष्ठले काठमाण्डौमा भएको फाइनल खेलमा राज कपालीलाइ बेष्ट अफ इलाभेनमा ६—१ को सेटमा पराजीत गरेका हुन । उनले उपाधी सगै १ लाख नगद हात पारेका थिए । प्रतीयोगीतामा २२ जिल्लाका ६४ जना खेलाडीको सहभागीता रहेको थियो । बिजेता खेलाडीलाइ अझ हौसला प्रदान गर्न बुटवल ट्राफिकचोकबाट मोटरसाइकल र्याली शुरु गरी बुटवल परिक्रमा गराइने पनी क्षेत्रीले जानकारी दिए । र्याली बिहान १० बजे नै शुरु हुने भएकाले सम्पुर्ण स्नुकर प्रेमी तथा खेलप्रेमिहरुलाइ र्यालीमा सहभागीता जनाइदिन पनी पुल तथा स्नुकर सघंले आग्रह गरेको छ । – दिपक न्यौपाने

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

विश्व रेडक्रस दिवस मनाइँदै

२०८२ बैशाख २५ गते, बिहीबार

राष्ट्रिय पत्रकारिता दिवस मनाइँदै

२०८२ बैशाख २४ गते, बुधबार

आज बागमती प्रदेशमा सार्वजनिक बिदा

२०८२ बैशाख २४ गते, बुधबार