सम्बन्ध विच्छेद गर्नेको संख्या बढ्यो
काठमाडौ, ३० जेठ । काठमाडौंमा मात्र दैनिक ५.३५ वटा दाम्पत्य टुटिरहेको छ । चालु आर्थिक वर्षको १० महिनामा काठमाडौं जिल्ला अदालतले सम्बन्धविच्छेदका १ हजार ६ सय ७ मुद्दा टुंग्याइदियो। काठमाडौंमा मात्र अघिल्लो साउनदेखि गत वैशाखसम्म १ हजार ७ सय ८३ सम्बन्धविच्छेदका मुद्दा दर्ता भएका छन्। तीमध्ये ४ सय ३८ वटा मुल्तबीमा छन् । पाचपाचुके पाउन अदालत जानेमा महिला धेरै छन्। हरेक वर्ष यो संख्या बढिरहेको छ ।
अधिवक्ता सपना प्रधान मल्लका अनुसार कानुनले दिएको सुविधाका कारण सम्बन्धविच्छेदका घटना बढेको बताउँछिन्। वैदेशिक रोजगारीको बढ्दो क्रम र त्यसले निर्माण गरेको आर्थिक सम्पन्नताका साथै साक्षम र आत्म निर्भर महिलाको संख्यामा बृद्धिले पनि सम्बन्धविच्छेदका घटना बढेको उनको ठम्याई छ ।