घर पुरिँदा दुईजनाको मृत्यु

२०७३ जेष्ठ ३२ गते, मंगलवार

काठमाडौ, ३२ जेठ । अविरल वर्षाका कारण झरेको ढिस्कोले घर पुरिँदा ताप्लेजुङ नगरपालिका ८ निवासी चार बर्षीया अंशु तामाङ र तीन बर्षीय अमृत तामाङ को मृत्यु भएको छ । गएराति २ बजेतिर माथिबाट झरेको ढिस्कोले घरको तल्लो तला भत्काउँदा सोही तलामा सुतिरहेका उनीहरुको पुरिएर मृत्यु भएको ताप्लेजुङ प्रहरी प्रमुख रामबहादुर केसीले जानकारी दिए । बालबालिकाकी आमा ३० वर्षीया सीता तामाङ र दिदी १२ वर्षिय अस्मिता तामाङ भने घाईते भएका छन् । उनीहरुको जिल्ला अस्पताल ताप्लेजुङमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

संसद दिवस मनाइँदै

२०८२ असार १६ गते, सोमबार

आज धान दिवस

२०८२ असार १५ गते, आईतवार

आज असार १५ : दही चिउरा खाएर मनाइँदै

२०८२ असार १५ गते, आईतवार