बलात्कारीलाई ९ वर्ष ६ महिना कैद

२०७३ असार ३ गते, शुक्रबार

काठमाडौ, ३ असार । चौध वर्षीया एक बालिकालाई बलात्कार गरेको आरोपमा पुर्पक्षका लागि थुनामा रहेका शान्तिडाँडा–५ का २५ वर्षीय सुमन राईलाई जिल्ला अदालत इलामले ९ वर्ष ६ महिना कैद सजाय सुनाएको छ । जिल्ला न्यायाधीश नवराज दाहालको इजलासले राईविरुद्ध दर्ता भएको जबर्जस्ती करणी र हाडनाता करणीसम्बन्धी मुद्दाको बिहीबार सुनुवाइ गर्दै मुलुकी ऐन जबर्जस्ती करणी महलको ३ (२) बमोजिम ९ वर्ष कैद सुनाएको हो ।
यस्तै, हाडनाता करणी मुद्दामा राईविरुद्ध सोही महलको २ नम्बर बमोजिम हाडनाता करणीको ३ (१) मा व्यवस्था भएअनुसार थप ६ महिना कैद र ५० हजार रूपैयाँ पीडितका नाममा क्षतिपूर्ति भराउने गरी फैसला सुनाइएको अदालतका स्रेस्तेदार जगदीश्वर भट्टराईले जानकारी दिए । – रासस

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

विश्व रेडक्रस दिवस मनाइँदै

२०८२ बैशाख २५ गते, बिहीबार

राष्ट्रिय पत्रकारिता दिवस मनाइँदै

२०८२ बैशाख २४ गते, बुधबार

आज बागमती प्रदेशमा सार्वजनिक बिदा

२०८२ बैशाख २४ गते, बुधबार