मोबाइल हरायो वा चोरी भयो चिन्ता नलिनुस

२०७३ असार ३ गते, शुक्रबार

काठमाडौं, ३ असार । मोबाइल हरायो वा चोरी भयो अब चिन्ता लिनु पर्दैन । हराएको वा चोरिएको मोबाइल ट्रयाकिङ गर्न सकिने भएकोले मोबाइल जसले भेटेपनि आफूले नराखी प्रहरीलाई खबर गर्न प्रहरीले अनुरोध गरेको छ । मोबाइल चोरीको घटनामा कानुनअनुसार नै चारीको मुद्दा चलाइने तर मोबाइल भेट्टाएर राख्नेहरुलाई बोलाएर सोधपुछ गर्ने गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रधुम्न कार्कीले बताए । मोबाइल फोनमा हुने आइएमइआइ नम्बरका कारण हराएको वा चोरी भएको मोबाइल कहाँ प्रयोग भएको छ भन्ने कुरा पत्ता लगाउन सजिलो भएको छ ।
मोबाइल ‘ट्रयाकिङ’ गरेर कहाँ छ भन्ने कुरा पत्ता लगाउन सकिने भएकोले हराएका वा चोरी भएका मोबाइल अब सजिलै भेटिन थालेका छन् । मोबाइलमा रहेको १५ अंकको इन्टरनेश्सनल मोबाइल इक्युप्मेन्ट आइडेन्टिफिकेसन अर्थात् आएमइआइ नम्बर मोबाइलको सुरक्षाका लागि बरदान नै हो । यसबाट मोबाइल कहाँ र कसले प्रयोग गरेको छ भन्ने पत्ता लाग्ने भएकोले मोबाइल चोरीदेखि लिएर विभिन्न अपराधिक क्रियाकलाप रोक्न सकिने प्रहरीको विश्वास छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

विश्व रेडक्रस दिवस मनाइँदै

२०८२ बैशाख २५ गते, बिहीबार

राष्ट्रिय पत्रकारिता दिवस मनाइँदै

२०८२ बैशाख २४ गते, बुधबार

आज बागमती प्रदेशमा सार्वजनिक बिदा

२०८२ बैशाख २४ गते, बुधबार