तमोरको पुल निर्माणकार्य रोकियो

२०७३ असार ४ गते, शनिबार

काठमाडौ, ४ असार । ताप्लेजुङको दोभानस्थित तमोर नदीमाथिको मोटरेबल पुलको निर्माणकार्य नदीमा पानीको बहाव बढेको भन्दै रोकिएको छ । वर्षायामसँगै नदीमा पानीको बहाव बढेको भन्दै ठेकेदार कम्पनीले मंसिरसम्मका लागि काम रोकेको हो । सम्झौता भएको दुई वर्षसम्म काम नै नगरी बसेको हुलास कम्पनीले बर्खा लागेपछि काम सुरु गरेको थियो । तर, पानीको बहावले काम प्रभावित हुने र हालसम्म बनाएको संरचना पनि बगाउने भन्दै कम्पनीले काम रोकेको छ । कम्पनिका इन्जिनियर उद्धव रानाले पानीको बहाव घट्न मंसिर नै लाग्ने भएकाले त्यसबेला समयसम्म काम गर्न नसकिने बताए ।
आर्थिक वर्ष २०६५/०६६ मा ठेक्का आह्वानपछि सम्झौता भएअनुसार २०७२ साल असोज महिनामा सकाउनुपर्ने भनिएपनि ठेकेदार र पुल निर्माणका लागि चाहिने सामान उत्पादक कम्पनीको लापरबाहीका कारण गत फागुनबाटमात्र कामले गति लिएको थियो । एक वर्षअघि नै निर्माणकार्य पूरा भइ सक्नुपर्नेमा अझैसम्म काम नभएपछि स्थानीयबासी आक्रोशित भएका छन् ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

विश्व रेडक्रस दिवस मनाइँदै

२०८२ बैशाख २५ गते, बिहीबार

राष्ट्रिय पत्रकारिता दिवस मनाइँदै

२०८२ बैशाख २४ गते, बुधबार

आज बागमती प्रदेशमा सार्वजनिक बिदा

२०८२ बैशाख २४ गते, बुधबार