नक्कली चिकित्सकलाई सार्वजनिक गरिदै
काठमाडौ, ५ असार । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले उपत्यका र बाहिरबाट पक्राउ गरेको नक्कली चिकित्सकलाई आज सार्वजनिक गर्ने भएको छ । सीआईबीले काठमाडौ उपत्यकाबाट मात्रै झन्डै डेढ दर्जन चिकित्सक पक्राउ गरेको छ ।
उपत्यकाबाहिर वीरगन्ज, विराटनगर, दाङ, चितवनलगायतका जिल्लाबाट करिब ३८ जना नक्कली चिकित्सक पक्राउ गरेको छ । राजधानीका विभिन्न अस्पतालमा अपे्रसन गरी नक्कली चिकित्सक पक्राउ गरेको सीआईबीले जनाएको छ ।
पक्राउ पर्नेहरूमा करिब आधा दर्जन महिला चिकित्सकसमेत रहेका छन ्। सीआईबीले आज पत्रकार सम्मेलन गरी विवरण सार्वजनिक गर्ने तयारी गरेको छ । सीआईबीको विशेष टोलीले काठमाडौंको नर्भिक, ललितपुरको बी एन्ड बीलगायत केही निजी अस्पताल र क्लिनिकबाट करिब डेढ दर्जन चिकित्सक पक्राउ गरेको छ । प्रहरी उच्च स्रोतका अनुसार पक्राउ सूचीमा रहेका केही चिकित्सक अझै फरार रहेका छन् ।