इटहरी बजार डुवानमा

२०७३ असार ७ गते, मंगलवार

काठमाडौँ, ७ असार । गएरातीदेखी परेको अविरल बर्षाका कारण सुनसरीको इटहरी बजार डुवानमा परेको छ । स्थानीय टेग्रा खोला इटहरी ८ स्थित बस्तीमा पस्दा घरहरु डुवानमा परेका हुन । टेग्रांखोलामा आएको बाढीले इटहरीको साथी पेट्रोल पम्प नजिकबाट बाँध भत्काएर बस्तीमा प्रवेश गरेको हो ।
बाढीका कारण दुई जनाको मृत्यु भएको छ । घर अगाडीको पैनीमा डुवेर इटहरी ४ का ६६ बर्षिय राम बहादुर बराईली र इटहरी २२ लविपुरमा गाउँ डुवाएको हेर्न घरको छतमा चढेका ५० बर्षिय भानुभक्त तिम्सिनाको करेण्ट लागेर ज्यान गएको हो । इटहरी उप–महानगरपालिका घोषणा भए पनि यहाँको खोला र ढल निकासको उचित व्यवस्थापन नहुँदा हरेक बर्ष इटहरी जलमग्न हुने गरेको छ ।
अहिले अविरल बर्षाका कारण इटहरीका १, ७, ८ र ९ नंम्बर वडामा बाढी पसेर करिब ६ सय बढी घरहरु डुबानमा परेका छन । इटहरी ८ को बाँध निर्माणका लागि नेपाली सेना, शसस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीले बालुवा बोरामा हालेर बाँध बनाउने काम गरिरहेका छन् ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

विश्व रेडक्रस दिवस मनाइँदै

२०८२ बैशाख २५ गते, बिहीबार

राष्ट्रिय पत्रकारिता दिवस मनाइँदै

२०८२ बैशाख २४ गते, बुधबार

आज बागमती प्रदेशमा सार्वजनिक बिदा

२०८२ बैशाख २४ गते, बुधबार