काबुलमा मारिएका नेपालीको शव ल्याइँदै

२०७३ असार ८ गते, बुधबार

काठमाडौ, ८ असार । सरकारले अफगानिस्तानको काबुलमा भएको आत्मघाती आक्रमणमा मारिएका नेपालीको शव ल्याउन चार्टर विमानसहित आज बिहान साढे ३ बजे बिशेष टोली काबुल पाठाएको छ । नेपाल वायु सेवा निगमको एयर बस चार्टर गरी परराष्ट्रको नेतृत्वमा नेपाली सेना र नेपाल प्रहरीको बिशेष ब्युरोका अधिकारीसहितको टोली काबुल गएका छन । टोली काबुल पुगेर बिहान फर्कने कार्यतालिका रहेको श्रम मन्त्रालयका प्रवक्ता गोविन्दमणि भुर्तेलले जानकारी दिए । परराष्ट्र मन्त्रालयले विमानको क्षमताले भ्याएसम्म अफगानिस्तानमा रहेका स्वदेश आउन इच्छुक नेपालीलाई पनि ल्याउने जनाएको छ ।
मन्त्रालयका अनुसार निगमको ठूलो विमान चार्टर गरेकाले त्यसमा १२ शवसँगै घाइते र नेपाल आउन इच्छुक नेपाली कामदारलाई समेत ल्याउन सकिने छ । अफगानिस्तानको राजधानी काबुलमा सोमबार बिहान भएको आत्मघाती विस्फोटमा १२ जना नेपालीको मृत्यु भएको थियो ।
आज दिउँसो १ बजेभित्र शव नेपाल ल्याउने परराष्ट्र मन्त्रालयले जनाएको छ । काठमाडौँबाट विमान करिब चार घन्टाको उडानपछि विमान काबुलपुगेको छ । गृह प्रवक्ता सहसचिव यादवप्रसाद कोइरालाले परराष्ट्र मन्त्रालयका सहसचिव प्रकाश सुवेदी र गृहका महेश दाहालसहित वैदेशिक रोजगार प्रर्वद्धन विभाग र पर्यटन मन्त्रालयका एकएकजना प्रतिनिधी टोलीमा रहेका छन्।
नेपाली सेनाका दुईजना चिकित्सक, एकजना पारामेडिकल अफिसर र एकजना एयर लाईजन अफिसर टोलीमा गएको बताए । यस्तै बिशेष ब्युरोका एसपी सुदिप गिरीको नेतृत्वमा एकजना डिएसपी र एकजना नायव निरीक्षक टोलीमा छन् ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

विश्व रेडक्रस दिवस मनाइँदै

२०८२ बैशाख २५ गते, बिहीबार

राष्ट्रिय पत्रकारिता दिवस मनाइँदै

२०८२ बैशाख २४ गते, बुधबार

आज बागमती प्रदेशमा सार्वजनिक बिदा

२०८२ बैशाख २४ गते, बुधबार