मुग्लिन–नारायणगढ सडक पुन: अवरुद्ध

२०७३ असार ९ गते, बिहीबार

काठमाडौँ, ९ असार । मुग्लिन–नारायणगढ सडक फेरि अवरुद्ध भएको छ । चितवनको नारायणगढ–मुग्लिन सडकअन्तर्गत चन्डिभञ्याङ–६ स्थित सडकमा खसेको पहिरोका कारण गएको ९ घन्टादेखि सडक अवरुद्ध हुन पुगेको हो । उक्त सडकको चार किलो र पाँच किलोको बीचमा राति ९ बजे खसेको पहिरोका कारण सडक बन्द भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । अहिले दुईतर्फबाट दुईवटा डोजरको सहायतामा पहिरो पन्छाउने क्रम जारी रहेको छ । सडक बन्द हुँदा बीच बाटोमै गाडीको लामो लाइन रहेको जनाइएको छ । बाटो खुल्न अझै केही घन्टा लाग्ने जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । उक्त सडक दैनिक अवरुद्ध हुन थालेको छ ।
यसअघि मङ्गलबार र बुधबार पनि पटकपटक पहिरो खसेर उक्त सडक अवरुद्ध हुँदा यात्रु प्रभावित भएका थिए ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

संसद दिवस मनाइँदै

२०८२ असार १६ गते, सोमबार

आज धान दिवस

२०८२ असार १५ गते, आईतवार

आज असार १५ : दही चिउरा खाएर मनाइँदै

२०८२ असार १५ गते, आईतवार