शेर्पा सेवा केन्द्रमा – पसल र क्यान्टिन

२०७३ असार १० गते, शुक्रबार

काठमाडौं, १० असार । शेर्पाहरुको आस्थाको केन्द्र मानिने शेर्पा सेवा केन्द्रमा भक्तजन एवम गोन्पामा विभिन्न सामाजिक क्रियाकलाप गर्न आउनेलाई ध्यानमा राखि पसल र क्यान्टिन संचालनमा ल्याएको छ । असार १ गतेबाट पसल र क्यान्टिन संचालनमा आएको हो ।
शेर्पा शेवा केन्द्रले बृद्ध मिलन केन्द्र र शेर्पा गोन्पामा हुने सामाजिक क्रियाकलाप जस्तै – मर्दा पर्दा र विभिन्न पुजा) हरु गर्दा बाहिरबाट सामान ल्याउनु पर्ने भएकाले यसलाई मध्यनजर गरि पसल र क्यान्टिन संचालनमा ल्याएको गोन्पाका अध्यक्ष क्याप्टेन आङ देण्डी शेर्पाले जानकारी दिए । पसल र क्यान्टिन गुम्बाको नया भवनको दोस्रो तलामा संचालन गरिएको छ ।
त्यसै गरि गुन्पाले चाडै नै बृद्ध मिलन केन्द्र र पुस्ताकलय पनि संचालनमा ल्याउने भएको छ । २०७२ बैशाखमा आएको महाभुकम्पको कारणले गर्दा मिलन केन्द्र निमार्ण कार्यमा ढिलाइ हुन गएको शेर्पाले जानकारी गराए । बृद्ध मिलन केन्द्रमा ७० बर्ष भन्दा माथिका बृद्धहरु आएर पुस्तक पढ्ने धार्मिक प्रवचन लगायत स्वास्थ्य सम्बन्धि विभिन्न जानकारीहरु लिन सकिने बताइएको छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

विश्व रेडक्रस दिवस मनाइँदै

२०८२ बैशाख २५ गते, बिहीबार

राष्ट्रिय पत्रकारिता दिवस मनाइँदै

२०८२ बैशाख २४ गते, बुधबार

आज बागमती प्रदेशमा सार्वजनिक बिदा

२०८२ बैशाख २४ गते, बुधबार