बझाङमा पुन: भुकम्प

२०७३ असार १८ गते, शनिबार

काठमाडौं, १८ असार । बझाङमा आज विहान ६ बजेर ८ मीनेटमा ४.४ रेक्टर स्केलको भुकम्पको धक्का गएको छ । सदरमुकाम चैनपुरदेखि उत्तरपूर्व मयानालाई केन्द्र विन्दु बनाएर भुकम्पको धक्का गएको भुकम्प मापन केन्द्र सुर्खेतका प्राविधिक कपिल महर्जनले बताए । त्यस्तै ६बजेर ३२ मिनेटमा ३ दशमलब २ रेक्टर स्केलको पराकम्प गएको थियो । गत १५ गते २ बजेर ५५ मिनेटमा ५ रेक्टर स्केलको भुकम्प गएको थियो । त्योसँगै सोही स्थान केन्द्र विन्दु बनाएर ६ वटा ठुला धक्का र १७ वटा पराकम्प गएको उनले बताए ।
अहिलेसम्म मयानामा निलकटी निमावि र धल्देउ प्रावि २ वटा विद्यालयहरुको भवन चर्किएको छ भने कैलाश गाविस २ मा रहेको कैलाश मालिका सामुदायिक प्राथमिक विद्यालयको भवन पुर्ण रुपामा क्षति भएर विद्यालयको पठनपाठन सेवा बन्द गरेको स्थानीय आशिस सिंहले बताए । त्यस्तै गाविस ७ का हिक्मत सिंह र महेन्द्र सिंह घरको भवन चर्किएको स्थानीयले बताएका छन् ।
भुकम्पले खास्सै क्षति नगरे पनि प्रमुख जिल्ला अधिकारी सुनिल खनालले भने नेपाल प्रहरी, नेपाली सेना तयारी अवस्थामा राखिएको जानकारी दिए ।
प्रहरी नायब उपरीक्षक नरेन्द्र चन्दका अनुसार ग्रामीण बस्तीहरुमा पुराना भौतिक संरचनाहरु जिर्ण हुने भएका कारण त्यस्ता भौतिक संरचनाहरुमा क्षति हुन सक्ने भएकाले सचेत रहनु पर्ने बताए । प्रहरी कहाँ अहिलेसम्म कुनै पनि भौतिक संरचनाहरु क्षति भएको विवरण भने आइसकेको छैन ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

कानुन दिवस मनाइँदै

२०८२ बैशाख २६ गते, शुक्रबार

विश्व रेडक्रस दिवस मनाइँदै

२०८२ बैशाख २५ गते, बिहीबार

राष्ट्रिय पत्रकारिता दिवस मनाइँदै

२०८२ बैशाख २४ गते, बुधबार