बरिष्ठ पत्रकार भट्टराईको निधन

२०७३ असार १९ गते, आईतवार

काठमाडौ, १९ असार । बुटवलमा लामो समयदेखि सक्रिय पत्रकारिता गर्दै आएका प्रेस स्वतन्त्रताका सेनानी तथा बरिष्ठ पत्रकार पण्डित बाबुराम भट्टराईको ६६ बर्षको उमेरमा आज विहान निधन भएको छ । भट्टराईको गएराती हृदयघातका कारण निधन भएको पारिवारिक श्रोतले जनाएको छ । अघिल्लो दिनसम्म लेखनकार्यमै पत्रकार पण्डित सक्रिय थिए । २००७ साल असार १५ गते अर्घाखाचीको खिदिमा जन्मिएका पण्डित हाल बुटवल १४ तामनगरमा आफ्नै निबासमा बस्दै आएका थिए ।
उनका दुई छोरा र दुई छोरी र श्रीमती छन । पण्डित भट्टराईले बुटवलमा दैनिक लुम्बिनी , जनसंघर्षमा सम्पादक ,नया सत्ता र सैनामैना दैनिकको प्रधान सम्पादक भई काम गरेका थिए । पछिल्लो समय बुटवल टुडेमा पण्डित जी नामक व्यङग्य स्तम्भ लेख्ने गर्थे ।
गीत, कबिता, कथा, नाटक, नाच, गान, स्वास्थ्य, उपन्यास, काब्य, ब्यंग्य तथा सामयिक सन्दर्भमा लेख छिनभरमै लेख्न सक्ने क्षमता उनसंग थियो । बुद्ध दर्शनमा बिशेष रुची राख्ने बाबुरामले १ दर्जन पुस्तक प्रकाशन गरिसकेका छन ।
पत्रकार भट्टराईको निधनले सञ्चारक्षेत्र शोकमा डुबेको छ । नेपाल पत्रकार महासंघ रुपन्देही तथा पत्रकार सम्बद्ध संघसंस्थाले उहाको निधनप्रती दुःख व्यक्त गरेको छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

कानुन दिवस मनाइँदै

२०८२ बैशाख २६ गते, शुक्रबार

विश्व रेडक्रस दिवस मनाइँदै

२०८२ बैशाख २५ गते, बिहीबार

राष्ट्रिय पत्रकारिता दिवस मनाइँदै

२०८२ बैशाख २४ गते, बुधबार