प्रबुद्ध समुहको बैठक बस्दै

२०७३ असार २० गते, सोमबार

काठमाडौ, २० असार । नेपाल र भारतबीच १९५० को सन्धिलगायत सबै विषयमाथि अध्ययन गरी प्रतिवेदन दिन गठन भएको प्रबुद्ध व्यक्ति समूह (इपिजी) को पहिलो बैठक आज काठमाडौमा बस्न लागेको छ । भोलिसम्म चल्ने सो बैठकमा दुईपक्षीय सम्बन्धका समग्र एजेन्डा तथा त्यसको समयसीमा तय गर्ने दुवै पक्षको तयारी छ ।
१९५० को सन्धिदेखि जलस्रोत, वाणिज्य, व्यापार, सुरक्षालगायत सबै विषयमा छलफल हुनेछ । पहिलो बैठक विषयबस्तु छनौटमा केन्द्रित हुने समुहका सदस्य डा भेषबहादुर थापाले जानकारी दिनुभयो । बैठकको औपचारिक उद्घाटन उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री कमल थापाले बिहान १० बजे काठमाडौको एउटा तारे होटलमा गर्नुहुनेछ ।
प्रधानमन्त्री केपी ओलीको भारत भ्रमणका बेला सदस्य तोकिएसँगै पहिलो बैठक काठमाडौंमा राख्ने सहमति भएको थियो । प्रधानमन्त्री केपी ओली र भारतीय समकक्षी नरेन्द्र मोदीबीच दिल्लीमा भएको औपचारिक वार्तापछि जारी सातबुँदे सहमतिपत्रको सातौं बुँदामा भारतले गठन गरेको समूहको नाम सार्वजनिक गरिएको थियो ।
दुवै सरकारले बेग्लाबेग्लै समूह गठन गर्ने र संयुक्त रूपमा एउटै प्रतिवेदन तयार गरेर आ–आफ्ना सरकारलाई बुझाउने म्यान्डेट छ । इपिजीको नेपालतर्फ संयोजक थापाका अनुसार उदघाटनलगत्तै बस्ने बैठकमा सुरक्षा, जलस्रोत, वाणिज्यलगायत सबै एजेन्डा प्रस्तुत हुने र कामको समयसीमासमेत तोकिनेछ ।
समूहको कार्यकाल दुई वर्षका लागि तय भएको छ । तर, कार्यकाल पहिलो बैठकबाट सुरु हुने कि समूह घोषणा भएको मितिदेखि भन्नेबारे पहिलो बैठकले निक्र्योल निकाल्नेछ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

कानुन दिवस मनाइँदै

२०८२ बैशाख २६ गते, शुक्रबार

विश्व रेडक्रस दिवस मनाइँदै

२०८२ बैशाख २५ गते, बिहीबार

राष्ट्रिय पत्रकारिता दिवस मनाइँदै

२०८२ बैशाख २४ गते, बुधबार