नेपाल–भारत प्रबुद्ध समूहको बैठक सम्पन्न

२०७३ असार २१ गते, मंगलवार

काठमाडौं, २१ असार । नेपाल–भारत प्रबुद्ध समूहको बैठक मंगलबार राजधानीमा सम्पन्न भएको छ । बैठकमा सन् १९५० को शान्ति तथा मैत्री सन्धिदेखि अरु सन्धि–सम्झौताहरुलगायतका विषयमा छलफल भएको जनाइएको छ । नेपाल–भारत सम्बन्धलाई आगामी दिनमा नयाँ तरिकाले परिभाषित गर्ने गरी विभिन्न पाँच क्षेत्रलाई केन्द्रमा राखेर छलफल गरेको जनाइएको छ ।
बैठकका निर्णयबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा प्रबुद्ध समूहका संयोजकहरुले नेपाल–भारतबीचको सम्बन्धलाई अरुसँग तुलना गर्न नमिल्ने बताए । नेपाली टोलीको नेतृत्व गरेका पूर्वमन्त्री भेषबहादुर थापाले बैठकमा सन् १९५० को सन्धिदेखि सबै सन्धि–सम्झौताहरु पुनरावलोकन गर्ने विषयमा गहन छलफल भएको बताए । यस्तै, भारतीय पक्षको नेतृत्व गरेका भारतीय जनता पार्टीका नेता भगतसिंह कोसियारीले नेपाल–भारतबीचको सम्बन्ध अरु मुलुकसँग तुलना गर्न नसकिने भन्दै कहिले–काँही उत्पन्न हुने समस्यालाई पनि आपसी समझदारीबाट हल गर्नुपर्ने बताए । समूहको अर्को बैठक तीन महिनापछि नयाँदिल्लीमा बस्ने सहमतिसमेत भएको छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

कानुन दिवस मनाइँदै

२०८२ बैशाख २६ गते, शुक्रबार

विश्व रेडक्रस दिवस मनाइँदै

२०८२ बैशाख २५ गते, बिहीबार

राष्ट्रिय पत्रकारिता दिवस मनाइँदै

२०८२ बैशाख २४ गते, बुधबार