काठमाडौंमा भूकम्पको धक्का
काठमाडौं, ७ साउन । आज दिउँसो दिउँसो २ बजेर ४० मिनेटमा काठमाडौंमा भूकम्पको धक्का महसुस गरिएको छ । काठमाडौंको कीर्तिपुर आसपास केन्द्रबिन्दू भएर ३.७ म्याग्निच्यूडको पराकम्पन आएको राष्ट्रिय भूकम्प मापन केन्द्रका सिस्मोलोजिष्ट भरत कोइरालाले बताए । यो पछिल्लो १४ दिनमा आएको पहिलो पराकम्पन हो । भूकम्पको धक्कासँगै काठमाडौं उपत्यका आसपासका मानिसहरु त्रसित भएका थिए । गत वर्षको वैशाखमा गएको शक्तिशाली ‘गोरखा भूकम्प’को पराकम्पन आउनेक्रम अझै जारी रहेको हो ।