चिनी उद्योगको प्रदुषण नियन्त्रणका लागि पहल गरिदिन माग
काठमाडौँ, २७ साउन । नवलपरासी प्रतापपुरस्थित इन्दिरा चिनी उद्योग र कुडियास्थित बाग्मती चिनी उद्योग वरपरका बासिन्दाले चिनी उद्योगहरुको प्रदुषणका कारण मानव स्वास्थ्यमा गम्भीर असर पुगेको गुनासो गरेका छन् । चिनी उद्योगको प्रदुषणले मलेरिया रोगको संक्रमण फैलिन थालेको भन्दै उनीहरुले नियन्त्रणका लागि पहल गरिदिन माग गर्दै विहीबार जिल्ला प्रशासन कार्यालयमा प्रदर्शन गरेका छन् ।
उद्योगका कारण नवलपरासीका गुठी प्रसौनी, कुडिया, नर्सही, पक्लिहवा, प्रतापपुरलगायतका १० गाविस प्रभावित बनेको उनीहरुको दाबी छ । प्रदुषणले त्यस क्षेत्रमा बालिनालीलाईसमेत असर गरेको पनि स्थानीयले बताएका छन् ।